बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

काठमाडौंमा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित


  • KTM Khabar
  • शुक्रबार, माघ ७ २०७८
1.7K
SHARES

फाइल तस्विर

काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।

‘हामीसँग भेरोसेल खोपको मौज्जात नै कम थियो । सबै अस्पताल तथा खोप केन्द्रलाई दुई–तीन सय पठाउँदा अस्ति नै सकियो,’ काफ्लेले अनलाइनखबरसँग भने ,’विभागले भेरोसेलको खोप पाइपलाइनमा छ भन्ने जानकारी आएको छ । भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुनुपर्ने हुन्छ ।

अहिले बुस्टर डोज लगाउने धेरै मानिसहरु भेरोसेलका खोप लगाएका छन् । हामीसँग खोपको अभाव भएकाले व्यवस्थापन गर्न सकेका छैनौं,’ काफ्लेले भने । हाल काठमाडौं जिल्लामा २२ वटा खोपकेन्द्र खोप दिइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा