बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

रक्सी खाएर स्थानीयसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त


  • बिहिबार, माघ ६ २०७८
8.7K
SHARES

फाईल तस्बिर

कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् ।

सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविपरीत काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको हो । यसको पुष्टि सेनाका प्रवक्ता नारायण सिलवालले पनि गरेका छन् । उनकाअनुसार शाहीलाई सेवाबाट हटाइएको छ  ।

गत २१ कात्तिकमा शाहीले मादकपदार्थ सेवन गरी ब्यारेकबाट निस्किएर स्थानीय युवासँग झगडा गरेका थिए । कैलालीको चिसापानीस्थित होटल संगममा शाही र होटल सञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो ।

शाहीले सुरुमा ग्राहकसँग झगडा गरेका थिए । त्यसपछि उनी ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न गएको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा