बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

प्रचण्डको प्रस्तावमा स्थानीय चुनाव धकेल्ने नियत छ, त्यो हामी मान्दैनौ : प्रदीप ज्ञवाली


  • KTM Khabar
  • बिहिबार, माघ ६ २०७८
4K
SHARES

फाईल तस्बिर

प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन सार्न खोजे नेकपा एमालेलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । उनको दाबी अनुसार प्रचण्डको प्रस्ताव स्थानीय चुनावलाई धकेल्ने जस्तो देखिन्छ त्यो नेकपा एमालेलाई स्वीकार्य हुन नसक्ने बताएका छन् ।

ज्ञवालीले निर्वाचन आयोगले प्रस्ताव गरेकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए। त्योभन्दा अगाडि या लगत्तै संघ र प्रदेश संसदको निर्वाचन भएमा आफूहरूलाई स्वीकार्य हुने उनले बताए।

बुधबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धनको बैठकमा वैशाखमा संसदको र मंसिरमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव राखेका थिए।

एमाले उपमहासचिव ज्ञवालीले प्रचण्डको उक्त प्रस्ताव अनुचित रहेको बताए।

‘यो प्रस्ताव स्थानीय तहको निर्वाचन पर धकेल्ने नियतका साथ आएको छ। अर्को कुरा उहाँहरूले हिजो प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भनेर विरोध गर्नुभयो। अहिले उहाँहरू आफ्नो भनाइविपरीत उभिन खोज्नुभयो,’ उनले भने,’एक वर्षअघि प्रतिनिधि सभा विघटन गर्नु र चुनाव गर्नु प्रतिगमन हुन्छ भने ६ महिना अगाडि गर्दा कसरी अग्रमन हुन्छ। त्यो संवैधानिक र कानुनी दृष्टिकोणले पनि गलत प्रस्ताव हो।’

ज्ञवालीले सत्तारूढ दलको मनसाय स्थानीय तहको निर्वाचनलाई पर धकेल्नु रहेको बताए। स्थानीय तहमा रिक्तता सिर्जना गर्ने र लोकतन्त्रलाई कमजोर बनाउने प्रयास भएको उनको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा