सरकारले अब कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लगाउनेलाई भेरोसेल खोप नदिने भएको छ ।
स्वास्थ्य सेवा विभागले भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको भन्दै पहिलो डोज खोप लिनेलाई एस्ट्राजेनेका÷कोभिसिल्ड खोप मात्रै लगाउन प्रदेश सरकार र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाइ निर्देशन दिएको छ ।
विभागको परिवार कल्याण महाशाखाले प्रदेश स्वास्थ्य निर्देशनालय र आपूर्ति केन्द्रहरूमा परिपत्र गर्दै भनेको छ, “स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७८/०९/२८ को मन्त्रिस्तरीय निर्णयानुसार कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप (अग्रपंक्तिमा खटिने, सार्वजनिक सेवामा खटिने, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ६० वर्षमाथिका नागरिकहरूलाई मात्र) दिने निर्णय भएबमोजिम खोप दिन सुरु भइसकेको वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य सेवा विभागको मिति २०७८/१०/५ को बैठकको निर्णयानुसार हाललाई भेरोसेल खोपको मौज्दात देशैभर न्यून रहेको हुँदा पहिलो मात्रा खोप लगाउन आउने सबै नागरिकहरूलाई कोभिसिल्ड÷एस्ट्राजेनिका खोप नै लगाउने व्यवस्था मिलाउनुहुन निर्णयानुसार अनुरोध छ ।”
विभागको खोप वितरण शाखाका प्रमुख बडेबाबु थापाका अनुसार अहिले टेकु भन्डारण केन्द्रमा तीन लाख डोज भेरोसेल खोप मात्रै मौज्दात छ । चीनबाट खरिद गरिएको थप खोप आउने मिति टुंगो लागेको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।