शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

७ दिन आइसोलेसनमा बसेपछि पुनः परीक्षण गर्नु पर्दैन


  • बिहिबार, माघ ६ २०७८
10.3K
SHARES

फाइल तस्विर

सरकारले कोरोना संक्रमित व्यक्ति ७ दिन आइसोलेसनमा बसेमा पुनः परीक्षण गर्न नपर्ने बताएको छ ।  तर त्यसका लागि लगातार तीन दिन लक्षण नदेखिएको हुनुपर्नेछ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले ७ दिनपछि संक्रमण सर्ने जोखिम न्यून भएका कारण पुनः परीक्षण गर्न नपर्ने बताए । ‘अन्य देशका अनुसन्धानले होम आइसोलेसन बसेको ७ दिनपछि परीक्षण गर्न नपर्ने देखाएको छ,’ डा. पौडेलले भने ,‘लक्षणविहीन भएको अवस्थामा ७ दिनपछि पुनः परीक्षण गर्न पर्दैन ।’

संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूका लागि पाँच दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने छ । पाँच दिन अगाडि नै परीक्षण गर्दा खासै नतिजा नदिने भएकाले सरकारले पाँच दिनपछि मात्रै परीक्षण गर्न सुझाव दिएको हो ।

पाँच दिनपछि परीक्षण गर्दा पोजेटिभ देखिएमा पुनः सात दिन आइसोलेसनमा बस्नुपर्ने हुन्छ । डा. पौडेलका अनुसार अस्पतालबाट डिस्चार्ज भएपश्चात तीन दिनपछि घरमा आइसोलेसनमा बसेर बाहिर निस्कन सकिने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा