शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मूल्यवृद्धि गरेको निगम भन्छ : अझै १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुन्छ


  • बुधबार, माघ ५ २०७८
9K
SHARES

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले अझै कम्पनी अत्यधिक घाटामा रहेको बताएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा रु एक अर्ब ८८ करोड घाटा हुने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । निगमलाई हवाई इन्धन आन्तरिकतर्फ भने प्रतिलिटर नौ रुपैयाँ ६३ पैसा, अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर २९ रुपैयाँ तीन पैसा र मट्टितेलमा प्रतिलिटर २२ रुपैयाँ ६४ पैसा नाफा रहेको छ ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ तथा आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच तथा अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्यमा प्रति किलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको हो ।

निगमलाई पेट्रोलमा प्रतिलिटर १०.७२ रुपैयाँ घाटा छ । जसअनुसार १५ दिनको घाटा करिब ३४ करोड ८१ लाख हुन आउँछ । यस्तै डिजेलमा ६.३३ रुपैयाँ घाटा रहेको छ । जसमा १५ दिनमा करिब ५७ करोड ४३ लाख घाटा हुने निगमको भनाइ छ । यसैगरी मट्टितेलमा २ करोड ७ लाख घाटा करिब १५ दिनमा हुने निगमले जनाएको छ।  निगमका अनुसार अहिले प्रतिलिटर मट्टितेलमा २२.६४ रुपैयाँ घाटा रहेको छ ।

स्तै ग्यासमा निगमलाई ग्यास प्रतिसिलिन्डर ६४६.१६ पैसा घाटा हुँदा १५ दिनमा करिब ११४.८६ करोड घाटा हुन्छ । निगमले आज ग्यासको भाउ भने यथावत राखेको छ।  हवाइ इन्धनमा भने १५ दिनमा निगमले आन्तरिकतर्फ २ करोड ६१ लाख र बाह्यतर्फ १३ करोड ७९ लाख कमाउँछ ।

निगमका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १२ पटक भारतीय आयल निगमबाट मूल्य बढेको नयाँ सूची प्राप्त भएको छ । जसमा अधिकांश पटक मूल्य बढेर आएको बताउँदै आन्तरिक बजारमा भने ३ पटक मूल्य समायोजन गरिएको बताएको छ।  चालू आर्थिक वर्षमा मात्रै निगमले १९ अर्ब २६ करोड घाटा बेहोरिसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा