कोरोना भाइरसको संक्रमण देखाएर पशुपतिनाथमा भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । सरकारले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा सरोकारवालाले विरोध जनाएका हुन् ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गरे । ‘क्रिस्चियनका चर्च र इस्लाम धर्मका मस्जिद पनि छ । तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र किन रोक ?’ बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले प्रश्न गरे ।
न्यौपानेले सरकारले लागू गरेका नियमअनुसार हिन्दू धर्मका कुनै पनि मन्दिरमा प्रवेश गर्न नपाइने भनिएकोमा आपत्ती जनाए । चर्चमा २५ जना मात्रले प्रार्थना नगर्ने भन्दै हजारौंको संख्यामा प्रार्थना गर्ने उल्लेख गरे । हिन्दू धर्म र मन्दिरमा मात्र कोरोना लाग्ने सुन्दा बढो अनौठो लागेको उनको भनाइ थियो
बुद्धिजीवी प्रकाश रायमाझीले राज्यले कोभिडको नाममा ब्रह्मलुट मच्चाइरहेको बताए । राज्यले पशुपतिनाथ मन्दिरमा नित्य पूजा बाहेकका क्रियाकलाप बन्द गरेर कोभिडको नाममा आतंक मच्चाइरहेको उनले टिप्पणी गरे । कोभिडलाई राजनीतिक दलहरुले राजनीति गर्ने हतियार बनाएको उनको आरोप थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।