नेपालमा पछिल्लो २४ घन्टामा थप ११ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २३ हजार ४ सय ९ परीक्षणबाट ११ हजार ३ सय ५२ जनामा पुष्टि भएको हो।
१८ हजार ८७ वटा पिसीआर परीक्षणमा ९ हजार ५ सय २ जना र ५ हजार ३ सय ३१ एन्टिजेन परीक्षणमा १८५० गरी ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार यो हालसम्मकै सर्वाधिक संक्रमण हो। यस्तै औषत संक्रमणदर ५२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये भक्तपुरमा ५ सय ७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ६१३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।