शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका सेवा स्थगित


  • बुधबार, माघ ५ २०७८
7.7K
SHARES

फाईल तस्बिर

जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आजबाट नागरिकता, नागरिकता प्रतिलिपि, संघ संस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धी फाँतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रुपमा जारी रहने उनले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा