शनिबार, साउन ९ २०८३
ताजा अपडेट

धुर्मुस-सुन्तलीलाई ठगीको आरोप, छानबिन गर्ने कुरा उठेपछि के भन्छन् धुर्मुस सुन्तली ?


  • बुधबार, माघ ५ २०७८
7.8K
SHARES

फाइल तस्विर

चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माणमा धुर्मुस सुन्तलीले जनतालाई ठगेर पैसा उठाएर ठग्ने काम गरेको चौतर्फी आलोचना हुन थालेको छ । अहिले दाता  मात्र नभएर अख्तियारलेनै छानबिन गर्ने भएपछि धुर्मुस सुन्तलीले  बिज्ञप्ति निकालेर दाताको सहयोग अपचलन नभएको बताएका छन् ।

कुनै समय रङ्गशाला निर्माण गर्ने भन्दा देवताझै  सामाजिक सञ्जालहरूमा पुजिएका धुर्मुस सुन्तली अहिले चौतर्फी आलोचनाको सिकार हुदै आएका छन् ।

दाताहरूको रकम हिनामिना गरेर रङ्गशाला बनाउन सक्दिन भन्दै हिँडेको आरोप लागिरहेका बेला धुर्मुस र सुन्तलीले क्रिकेट रङ्गशाला निर्माणमा कुनै पनि अनियमितता नभएको र दाताहरूको रकम दुरुपयोग नभएको स्पष्ट पार्दै  विज्ञप्ति निकाली सकेका छन् ।

क्रिकेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै  अख्तियारमा उजुरी परेको छ । अख्तियारमा उजुरी परेपछि  धुर्मुस सुन्तली अतालिदै कुनै पनि दाताको रकममा अनियमितता नभएको भन्दै विज्ञप्ति निकालेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा