नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरण अझै संसदीय प्रणाली कुनै हालतमा ठिक नभएको तर्क पस्की रहेका छन् । क्रान्तिकारीहरू ठाउँमा उभिन नसक्दा जनताले दुख पाएको बेला बेला बताउने गर्छन् ।
उनको भनाइछ क्रान्तिकारी एक ठाउँमा भएर नय सिराबाट संसद् वादको विरोध गर्नु पर्ने आजको आबस्यकता छ । क्रान्तिकारी कम्युनिस्टहरू एक ठाउँमा उभिएर नयाँ जनवादी क्रान्ति गर्नुपर्ने वैद्यको जोड छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास भए पनि त्यो पुरा हुन नसकेको वैद्यको दबी छ । तर अब चाडै जनवादी क्रान्तिको आबस्यकता रहेको उनको ठहर छ । संसद् वादनै मुलुक सबृद्द बन्न नदिने प्रणाली भएको उनको बुझाइ रहँदै आएको छ ।
केही दिन अघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गोपाल किराँती नेतृत्वको माओवादी कम्युनिस्ट पार्टीबाट आएका नेताहरूलाई स्वागत गर्दै वैद्यले अघि भने, ‘आज हामीले एउटा छलाङ हान्यौँ अब चाडै क्रान्ति गर्नु पर्ने छ ।
क्रान्तिकारी कम्युनिस्टहरू एक ठाउँमा उभिन र संसद् वादविरुद्ध नयाँ जनवादी क्रान्ति गर्नुपर्ने भन्दै उनले पुनर्मिलनमा आउन अरूलाई पनि आग्रह गर्दै संसदीय प्रणाली ठिक नभएको तर्क गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।