बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

आज तराईमा हुस्सु र कुहिरो, भोलिदेखि देशभर वर्षा र हिमपातको सम्भावना


  • KTM Khabar
  • बुधबार, माघ ५ २०७८
3.3K
SHARES

फाईल तस्बिर

पश्चिमी वायुको सामान्य प्रभावले आज बिहान तराईका थोरैजसो स्थानमा हुस्सु-कुहिरो लाग्नुका साथै अन्य क्षेत्रको मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।

महाशाखाका अनुसार आज मुलुकका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै बिहीबार भने देशभरको मौसम बदली रहनेछ। हरेक प्रदेशका थोरै-थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राति देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै शुक्रबार पनि देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राती देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा