बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा हिँड्‌डुल गर्दा खोप कार्ड अनिवार्य


  • बुधबार, माघ ५ २०७८
13.6K
SHARES

फाईल तस्बिर

सरकारले माघ ७ गतेदेखि सार्वजनिक स्थानमा हिँड्‌डुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्री बालकृष्ण खाँण संयोजकत्वको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) का पदाधिकारी सहभागी थिए ।

बैठकमा लक्षित वर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पुर्‍याउने विषयमा पनि छलफल भएको थियो । बैठकले कोरोना संकट नियन्त्रणका लागि विभिन्न विषयमाथि छलफल गरी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकमा गृहमन्त्री खाँणले कोभिड महामारी रोकथाम र नियन्त्रणमा सरकार गम्भीर र संवेदनशील रहेको भन्दै त्यहीअनुसार कार्य गर्ने व्यवस्था मिलाउन निर्देशन गरेका थिए ।

विश्वव्यापी माहामारिको रूपमा फैलिएको कोरोना पछिल्लो समय तेस्रो लहरको रूपमा नेपालमा पनि दिनानुदिन बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा यसको असर झनै बढ्न सक्ने देखिएको छ । विज्ञहरूका अनुसार अझै एक महिना संक्रमणदर झनै उकालो लाग्ने बताउँदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा