शनिबार, साउन ९ २०८३
ताजा अपडेट

माघको दोस्रो साता दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण


  • मंगलबार, माघ ४ २०७८
10.2K
SHARES

फाईल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता कोरोना संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ।

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले माघको दोस्रो साता दैनिक १९ हजार ६९५ पुग्नसक्ने जानकारी गराएका हुन्। जसमा झन्डै १० हजार बिरामी अस्पताल भर्ना हुनसक्ने भनिएको छ।

यस्तै अस्पताल भर्ना भएका बिरामीमध्ये ३ सय ९४ जना गम्भीर बन्नसक्ने बताइएको छ। समग्रमा तेस्रो लहरमा झन्डै १५ हजार गम्भीर संक्रमित पुग्नसक्ने प्रक्षेपण गरिएको छ।

मंगलबारमात्र एकैदिन १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ। जुन अहिलेसम्म एकैदिन देखिएको सर्वाधिक संख्या हो।

छलफलकै क्रममा मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन नसकिएको भन्दै अर्थ मन्त्रालयसँग समन्वय गरिदिन समितिलाई आग्रह गरेका थिए।

‘असारसम्मको ५० प्रतिशत जोखिम भत्ता दिइसकिएको र ५० प्रतिशत बाँकी रहेको भन्ने छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा