शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौंमा मात्रै ४००४ जनामा कोरोना संक्रमण पुष्टि


  • मंगलबार, माघ ४ २०७८
11.8K
SHARES

फाईल तस्बिर

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ४ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ९७५ र भक्तपुरमा ५७० जनामा संक्रमण पुष्टि भएको छ।

आजको देशभरको तथ्यांक हेर्दा कोरोना संक्रमणदर ह्वात्तै बढेको देखिएको छ । परीक्षण गरिएकामध्ये ४४.९३ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८२८ जनामा कोरोना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सोही अवधिमा ५६२ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको जनाएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४४ पुगेको छ।

विश्वव्यापी माहामारिको रूपमा फैलिएको कोरोना पछिल्लो समय तेस्रो लहरको रूपमा नेपालमा पनि दिनानुदिन बढ्दै गएको छ । काठमाडौँ उपत्यकामा यसको असर झनै बढ्न सक्ने देखिएको छ । विज्ञहरूका अनुसार अझै एक महिना सङ्क्रमण दर झनै उकालो लाग्ने बताउँदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा