बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

कजाकस्तानमा इन्धनको मूल्यवृद्धि विरुद्ध भएको हिंसामा २२५ जनाको मृत्यु


  • KTM Khabar
  • मंगलबार, माघ ४ २०७८
3.5K
SHARES

फाईल तस्बिर

कजाकस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य बृद्धि विरुद्ध भएको प्रदर्शनमा उनीहरुको मृत्यु भएको सरकारले पुष्टि गरेको हो ।

‘आपतकालको समयमा मारिएका २२५ शबको अन्त्यष्टि भएको छ,’ अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिएका सर्वसाधरणको सेनाले सामूहिक अन्त्यष्टि गरेको सर्वसाधारणले बताउँदै आएका थिए ।

मृत्यु हुनेमा २० जना सुरक्षाकर्मी पनि छन् । यसअघि सेनाले ५० जनाको मृत्यु भएको जनाएको थियो । हिंसा चर्किदै गएपछि कजाकस्तानका राष्ट्रपतिको आह्वानमा आन्दोलन दबाउन रुसी नेतृत्वको सेना परिचालन भएको थियो ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा