बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

पछिल्लो समयका भाइरल नेपाल सरकारका पर्यटन मन्त्री प्रेम आलेमा कोरोना सङ्क्रमण पुष्टि !


  • KTM Khabar
  • सोमबार, माघ ३ २०७८
3.5K
SHARES

फाइल तस्विर

समाजका समस्या हरूमा मैदानमै उत्रिएर एक्सनमा उत्रिने पछिल्लो समयका भाइरल नेपाल सरकारका पर्यटन मन्त्री प्रेम आलेमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ । दुबै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए ।

पछिल्लो समय नारायणहिटीमा बतास समूहको रेस्टुरेन्ट चलाउने निर्णय खारेज गरेर मन्त्री आले चर्चामा छन् । समाजका विभिन्न उनी मातहतका समस्याहरूमा मैदानमा नै उत्रिएर एक्सनमा उत्रीका कारण आम जनतामा चर्चित छन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना तेस्रो लहरको रूपमा नेपालमा पनि संक्रमण दर बढ्दै गएको छ । उच्चपदस्थ कर्मचारी तथा नेताहरूलाई समेत कोरोना सङ्क्रमण भएका खबरहरू बाहिरिँदै छन् ।

नेपाल सरकारले समेत स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइसकेको अवस्था छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा