सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारको आदेशलाई ठाडो चुनौती दिँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पछिल्लो समय कोरोना महामारी बढ्दै गएपछि सरकारले जुलुस आन्दोलन सभा सम्मेलनमा रोक लगाएको थियो तर जनमत पार्टीले सरकारको आदेशको अवज्ञा गरेको छ ।
तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमणको तेस्रो लहरलाई बेवास्ता गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले तराईका जिल्लामा आन्दोलनको घोषणा गरेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको उल्लंघन गरी सिके राउतको पार्टीले आन्दोलन गरिरहेको छ ।
सरकारले सभा समारोह लगायत भीडभाड हुने कार्यक्रममा सरकारले रोक लगाएको छ । तर जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम घोषणा गरेर सरकारको निर्णयलाई चुनौती दिएको छ । यद्यपि आन्दोलन गर्दा स्वास्थ्य मापदण्ड लागू गर्न भने जनमत पार्टीले अनुरोध गरेको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारी पछिल्ला समय तेस्रो लहरको रूपमा नेपालमा सङ्क्रमण बढ्दै गएको छ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न कडा निर्देशन जारी गरेको अवस्थामा सिके राउतले कोरोना महामारी र सरकारलाईनै चुनौती दिँदै आ्रन्दोलनका कार्यक्रम घोषणा गरेका हुन ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।