शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सरकारको आदेश : आम सभा, जुलुस र मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म बन्द गर्नु !


  • आइतबार, माघ २ २०७८
11.2K
SHARES

फाइल तस्विर

कोरोना संक्रमण तीव्र रूपमा फैलिएको भन्दै  सबै प्रकारका आम सभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप २०६८ साल माघ मसान्तसम्म नगर्ने निर्णय नेपाल सरकारले गरेको छ ।

गोष्ठी, सेमिनार, बैठक जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने। भौतिक रूपमा उपस्थित भइ गर्नुपर्दा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी, एन्टिजेन परीक्षण गर्ने गरि, रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्ने। त्यस्ता क्रियाकलाप सञ्चालन गर्ने माघ ७ पछि खोपको पुरा मात्र लगाएका व्यक्तिको उपस्थितिमा मात्र गर्ने सरकारले निर्णय गरेको छ।

साथै पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन्।

यस्तै विद्यालय, विश्वविद्यालय, तालिम, कलेज ट्यूसन सेन्टरलगायत अन्य प्रकारका शैक्षिक क्रियाकलाप गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा नगर्ने, भर्चुअलबाट मात्र गराउने निर्णय गरेको छ।

यस्तै विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा सबै किसिमका परीक्षा जनस्वास्थ्य पालना गरेर गराउने सरकारले निर्णय गरेको छ।

रंगशालामा कुल क्षमताको एक तिहाई मात्र उपस्थित हुने गरि जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्ने गरि सञ्चालन गर्ने।

उपस्थित दर्शकमध्ये आयोजकको खर्चमा एक तिहाई दर्शकलाई रेन्डम छनोटका आधारमा एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने। माघ ७ पछि त्यस्तो खेलकुद कार्यक्रममा खोपको दुबै मात्र पुरा गरेकालाई मात्र खोप कार्डको आधारमा प्रवेश दिने व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा