शनिबार, साउन ९ २०८३
ताजा अपडेट

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रलाई कोरोना संक्रमण


  • आइतबार, माघ २ २०७८
13.2K
SHARES

फाइल तस्विर

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस ! भन्दै अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको उल्लेख गरेका छन् ।

म पनि कोभिड पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ,’ मिश्रले लेखेका छन् ।

मिश्र केही दिनदेखि पार्टीका विभिन्न गतिविधिमा सक्रिय थिए । उनले केही दिनदेखि मिडियामा अन्तर्वार्ता दिँदै आएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा