बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

ध्रुवे हात्तीको आक्रमणबाट सेनाको मृत्यु


  • KTM Khabar
  • आइतबार, माघ २ २०७८
2.8K
SHARES

फाइल तस्बिर

निकुञ्ज सुरक्षार्थ खटिएका सेनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ। खड्गदल गाणमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको ध्रुवे हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार हात्तीको आक्रमणमा परि सख्त घाइते थापाको उपचारका क्रममा शनिबार राति ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बागलुङ्को फिम्ती गाउँपालिका–४ घर भइ खड्गदल गणमा कार्यरत ३५ वर्षीय थापा शनिबार साँझ ६ बजे निकुञ्ज सुरक्षार्थ साइकल गस्तीमा निस्किएको समयमा उनलाई निकुञ्जमै जङ्गली हात्ती ध्रुवेले आक्रमण गरेको थियो। रासस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा