शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पशुपति धर्मशालाको होटेलमा मन्त्री आलेको नजर, बतास समूह पशुपतिबाट पनि लखेटिन सक्ने सङ्केत !


  • आइतबार, माघ २ २०७८
13K
SHARES

फाइल तस्विर

नारायणहिटीमा बतास समूहमाथि एक्सन लिँदै ठेक्का रद्द गरेर चौतर्फी चर्चा बटुलेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको नजर बतास समूहले लिजमा लिएर पशुपति धर्मशालामा सञ्चालन गर्दै आएको होटेलमा परेको छ ।

पशुपति क्षेत्रभित्र रहेको बतास समूहले प्रयोग गरेको धर्मशालाको अवलोकन गर्न मन्त्री आले  त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ । पशुपति धर्मशालामा बतासले होटेल सञ्चालन गरेको छ ।

पछिल्लो समय मन्त्री आले चर्चाको शिखरमा छन् । विभिन्न समस्या तथा समाजका विसङ्गतिका विरुद्धमा मैदानमै उत्रिएर एक्सन लिने आलेको कार्यशैली जनताको नजरमा परेको छ ।

नारायणहिटीमा बतास समुहको ठेक्का रद्द गरेपछि झनै उनी चर्चामा रहेका छन् । यसैबिच पशुपति भित्र धर्मशालामा बतास समूहले लिजमा लिएर होटेल सञ्चालन गरेको धर्मशालामा समेत उनले  अवलोकन गर्ने भएपछि बतास समूह पशुपतिबाट समेत लखेटिन सक्ने आङ्कलन जनताले गर्न थालेका छन् ।

बतास समूहले विभिन्न सरकारी ठाउँहरूमा पहुँचका आधारमा कानुनी प्रक्रिया पुरा गरी व्यवसाय गर्दै आएको छ । तर अहिले मन्त्री आलेको नजर सरकारी स्वामित्वको सम्पत्ति कौडीको दाममा सेटिङ गरेर कब्जा गर्दै व्यवसाय गरेको आरोप लगाउँदै मन्त्री एक्सनमा उत्रिन थालेपछि सेटिङधारी व्यवसायीको भागाभाग हुन सुरु भएको चर्चा चल्न थालेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा