शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान प्रस्थान


  • आइतबार, माघ २ २०७८
8.6K
SHARES

फाइल तस्विर

सहयोग सामग्री लिएर नेपाली टोली आइतबार बिहान अफगानिस्तान प्रस्थान गरेको छ ।

हिमालय एयरलाइन्सको विमानमार्फत परराष्ट्र मन्त्रालयको टोली काबुल प्रस्थान गरेको हो । औषधि, लत्ताकपडा, भाँडाकुँडालगायतका सामग्रीसहित नेपालले अफगानी जनतालाई सहयोग गर्न लागेको हो ।

काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले सहायता सामग्री मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए ।

संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने पनि मन्त्री खड्काले बताए ।

सरकारले विभिन्न दातृ संस्था र निजी क्षेत्रबाट संकलित सामग्री अफगानी जनताका लागि पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अमेरिकी सेना फर्किएपछि सार्क मुलुक अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जामा लिएको छ ।

तालिबानको सत्तालाई अन्तर्राष्ट्रिय समुदायले समर्थन जनाएका छैनन् । तालिबानको शासनसँगै अफगानिस्तानमा भुखमरी र स्वास्थ्य समस्या विकराल बन्दै गएको समाचारहरु प्रकाशित भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा