आइतबार, माघ ९ २०७८
ताजा अपडेट

बेलायतको संसदमा चिनियाँ महिलाको घुसपैठ भएको बेलायती गुप्तचर संस्थाको निश्कर्ष


  • KTM Khabar
  • शुक्रबार, पुष ३० २०७८
684
SHARES

फाइल तस्विर

संसद सदस्यहरुलाई अनुचित प्रभाव देखाउन चिनियाँ कम्युनिस्ट पार्टीले एक जना महिला घुसपैठ गरेको बेलायतको गुप्तचर संस्था एमआईफाइले जनाएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको पक्षमा प्रभाव पार्न र बेलायतको ‘राजनीतिक गतिविधिलाई हस्तक्षेप गर्न क्रिष्टिने ली नाम गरेकी महिलालाई घुषपैठ गरेको भन्दै एमआईफाइले उनको तस्वीर सार्वजनिक गरेको छ ।

हङकङ र चीनमा भएका विदेशी नागरिकहरुको तर्फबाट लीले बहालवाला सांसदहरुलाई वित्तिय सहयोग प्रदान गरेको एमआर्ईफाइभले जनाएको छ । लीमाथि बेलायतमा प्रतिबन्ध लगाइएको संसदका सवै दलहरुको समूहको सदस्य बन्न खोजेकोसमेत आरोप लगाइएको छ ।

लन्डनस्थित चिनियाँ दूतावासले भने ती आरोप अस्वीकार गरेको छ । ‘विदेशीको संसदमा हस्तक्षेप गर्नु हामीलाई कुनै आवश्यक छैन् । हामीले यस्तो प्रयत्न गरेका पनि छैनौं,’ दूतावासले भनेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा