शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

खारेज हुँदै सीटीईभीटी


  • बिहिबार, पुष २९ २०७८
10.4K
SHARES

फाइल तस्विर

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) खारेज हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले (सीटीईभीटी) खारेज गर्नका लागि ऐन तयार गरेको छ ।

मन्त्रालयले हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ लाई खारेज गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयकको मस्यौदा तयार गरेको छ ।

यो विधेयक संसदबाट पारित भएर ऐन बनेपछि हालको सीटीईभीटी खारेज हुनेछ भने प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकाससम्बन्धी काम गर्न अर्को संरचना प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम परिषद् (टीईभीटी) को स्थापना हुनेछ ।

टीईभीटीमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष हुनेछन् भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै प्रदेशको शिक्षा हेर्ने मन्त्री मध्येबाट दुई जना, लोकसेवा आयोगका सदस्य, विश्वविद्यालयका उपकुलपतिहरूमध्येबाट एक जनालगायतका व्यक्तिहरु सदस्य रहने प्रस्ताव छ ।

त्यस्तै कार्यकारी अधिकार प्रमुख कार्यकारी अधिकृतमा रहने परिकल्पना गरिएको छ ।

सीटीइभीटीईका सदस्य सचिव जीवनारायण काफ्लेले नयाँ विधेयकको मस्यौदा भएको सुनेको बताए । उनले भने ‘विधेयक ड्राफ्ट भएको सुनेका छौं ।

विधेयक पास गर्नको लागि मन्त्रिपरिषद पुगेको भन्ने पनि सुन्नमा आइरहेको छ । बृहत छलफल नै नगरी त पास नहुनुपर्ने हो’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा