आइतबार, माघ ९ २०७८
ताजा अपडेट

प्रकाशमानले यस कारण देउवालाई भोट हालेका रहेछन्, एक महिना पछि खुल्यो रहस्य !


  • KTM Khabar
  • बिहिबार, पुष २९ २०७८
1.2K
SHARES

फाइल तस्बिर

काठमाडौं –नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले महाधिवेशन प्रतिनिधिहरुको भावनाको कदर गर्दै आफूले सभापतिमा शेरबहादुर देउवालाई सघाएको बताएका छन् ।

उनले आफू नेतृत्व परिवर्तनका पक्षमा भएपनि महाधिवेशन प्रतिनिधिहरु पुरानै नेतृत्वको पक्षमा देखिएपछि आफूले देउवालाई सघाएको प्रष्ट पारे ।

बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा पूर्वमहामन्त्री सिंहले भने, ‘म शुरुदेखि नै पार्टीको नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने पक्षमा थिएँ ।

त्यही एजेण्डा बोकेर प्रतिस्पर्धामा उत्रिएको हुँ । तर पहिलो चरणमा पुरानै नेतृत्वले नै सबैभन्दा बढी मत पाएपछि मतदाताको म्यान्डेडअनुसार शेरबहादुरजीलाई सहयोग गरेको हुँ ।’

कांग्रेसको १४ औं महाधिवेशनमा नेता सिंहले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । सभापतिमा देउवा, पूर्व उपसभापति विमलेन्द्र निधि, नेता सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र कल्याण गुरुङ उम्मेदवार थिए ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि दोस्रो चरणको मतदानबाट देउवा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए । दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । देउवालाई बहुमत पाउन ८२ मत पुगेन ।

नेता सिंहले पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई समर्थन गर्दा आफूविरुद्ध अर्को पक्ष उत्रिएको बताए । नेतृत्व परिवर्तन र पार्टी विधिसम्मत चल्नुपर्छ भन्ने आफ्नो एजेण्डाका पक्षमा मत नआएकोमा उनले गुनासो गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा