प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन् ।
आज प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीले दुई दिनयता गरेका सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
बुधबार स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका १२ तहका कर्मचारीसहित झन्डै एक दर्जन उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनको आचारसंहिता लागु भइसकेको बेला सरुवा गरिएको भन्दै विरोध भएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।