बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

नाेबेल मेडिकल कलेजका सञ्चालककाे पुत्ला दहन


  • बिहिबार, पुष २९ २०७८
10.1K
SHARES

फाइल तस्विर

नाेबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माकाे पुत्ला दहन । एमिबिएसकाे अतिरिक्त शुल्क घटाउन माग गर्दै विद्यार्थीले पुत्ला दहन गरेका हुन् ।

पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए । विद्यार्थीकाे माग सम्बाेधन गर्न चासाे नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेकाे अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताए ।

एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा चक्काजाम गरेका थिए । साथै विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

कलेजले पनि यसअघि अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो । शुल्क नुबझाउने विद्यार्थीलाई कक्षा कोठाबाट निकालिएका थिए भने गेटबाटै रोक्ने कामसमेत गरेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा