बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

ललितानिवास जग्गा प्रकरण : भीम रावलको आशंका– मुद्दा फासफुस गर्ने चाल त छैन ?


  • KTM Khabar
  • बिहिबार, पुष २९ २०७८
3.3K
SHARES

फाइल तस्विर

नेकपा (एमाले)का नेता भीम रावलले बालुवाटारको ललितानिवाससम्बन्धी मुद्दालाई सामसुम पार्न खोजिएको आशंका व्यक्त गरेका छन् ।

प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको उक्त जग्गा प्रकरणसम्बन्धी फाइल प्रहरीलाई नै फिर्ता गरिएको सम्बन्धमा उनले सन्देह व्यक्ति गरेका हुन् ।

बिहीबार बिहान ट्विट गर्दै उनले लेखेका छन्, “प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ?

अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ । अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।”

उक्त प्रकरणमा राजनीतिक व्यक्तित्वसहित धेरैजनाको नाम मुछिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा