शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मैले पार्टीमा कसैमाथि विभेद गरेको छैन : लिङ्देन


  • बुधबार, पुष २८ २०७८
11K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयनमा कुनै पनि बिभेद नगरेको स्पष्ट पारेका छन् ।

बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताए।

मनोयनका बिषयमा केही भ्रम भएको भन्दै उनले आफुले बिधान अनुरुप समावेशीतालाई पूर्णता दिने बताए ।

उनले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने उल्लेख गरे । त्यस्तै लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्दा संगसंगै मुलुकको अन्य मुद्दालाई स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्ने बताए।

मनोनित सदस्यहरुलाई सपथ गराउँदै अध्यक्ष लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनु नपर्ने र सबैलाई समेटेर अघि बढ्ने आफ्नो चाहना रहेको बताए । ‘हाम्रो मुख्य कार्यभार पार्टीको हालै सम्पन्न महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाको सफल कार्यान्वयन हो, लिङ्देनले भने, ‘सिद्धान्तबाट विचलित भएर लक्ष्य प्राप्ति हुन सक्दैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा