प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कोरोना संक्रमण फैलिएको छ । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराएका थिए ।
देउवाको रिपोर्ट नेगेटिभ आएपनि प्रधानमन्त्री कार्यालयका भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजिटिभ देखिएको थियो ।
दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि देउवाले फेरि पीसीआर गर्न लागेका छन् । देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्रीले बिहीबार फेरि पीसीआर गराउने बताए ।
हाल क्वारेन्टिनमा रहेका देउवा बिहीबारको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको खण्डमा राजनीतिक भेटवार्तालाई निरन्तरता दिनेछन् । अहिले देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा सरकारी औपचारिक सबै कार्यक्रम रद्द गरेको भानुले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।