संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप दुर्घटनामा परेको छ । कैलालीको धनगढी विमानस्थलबाट बाहिरिने क्रममा आले सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा मन्त्री आले सुरक्षित रहेका जनाइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मंगलबार साँझ साढे आठ बजे विमानस्थलबाट बाहिरिने क्रममा मूल सडकमा पुग्ने बित्तिकै मन्त्री आले सवार सुप ०१ ००१ झ ३३३ नम्बरको गाडीलाई कारले ठक्कर दिएको हो ।
बा ४६ प १३७७ नम्बरको कारले गाईलाई ठक्कर दिएर अनियन्त्रित भई मन्त्री सवार कारलाई ठक्कर दिएको जोशीको भनाइ छ ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको र कार चालक कञ्चनपुर कृष्णपुर ९ निवासी पवन कडायतलाई प्रहरीले नियन्त्रणमा लिएको उनको भनाइ छ । मन्त्री आले कञ्चनपुर जाने कार्यक्रम रहेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।