धनगढी — संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप दुर्घटनामा परेको छ ।
कैलालीको एयरपोर्ट मोडमा उनी सवार गाडि दुर्घटनामा परेको हो । मन्त्री आले मंगलबार राति काठमाडौंबाट धनगढी हुँदै कञ्चनपुरको महेन्द्रनगर जाँदै थिए ।
महेन्द्रनगरमा हुने एक कार्यक्रममा सहभागी हुन् जाने क्रममा उनी चढेको गाडी दुर्घटनामा परेको हो ।
मन्त्री आले हिजो आज बतास काण्डमा उनले लिएको एक्सनका कारण चर्चित छन्। नारायणहिटी दरबार संग्राहलय भित्र रेस्टुरेण्ट खोल्ने योजनामा उनले रोक लगाएका थिए।
दुर्घटनामा मन्त्री आले भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
राति करिब सवा ८ बजेतिर बा ४ च १३७७ नम्बरको निजी कारले मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई एयरपोर्ट मोडमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए ।
एसपी अधिकारीका अनुसार गाडीमा क्षति पुगे पनि मन्त्री आलेसहित उनको गाडीमा सवार सबै सकुशल रहेका छन् । ठक्कर दिने कारका चालक पवन कठायलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।