शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मोहन वैद्यको एउटा बोलीले प्रचण्डको आधा भोट घट्यो


  • मंगलबार, पुष २७ २०७८
12.7K
SHARES

mohan baidhya kiran & prachanda

काठमाडौँ – नेकपा (क्रान्तिकारी माओवादी) अध्यक्ष मोहन वैद्यको एउटा बोलीले नेकपा माओवादी केन्द्रको आधा भोट घटेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का राजनीतिक गुरु तथा सहयोद्धा वैद्यले पूर्वमाओवादी घटकसँग पार्टी एकता सम्भव नभएको बताएपछि माओवादीको आधा भोट घटेको हो ।

मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा माओवादी केन्द्र लगायतका पूर्वमाओवादी घटकहरु बिचमा एकताको सम्भावना नरहेको बताएका हुन्।

प्रचण्डले कार्यकर्तालाई थामथुम पार्न माओवादी घटकहरुसँग एकता हुने हल्ला चलाएर आगामी निर्वाचनमा भोट कलेक्सन अभियान चलाएका थिए । वैद्यले तत्कालिन अवस्थामा एकता सम्भव नभएको भनेपछि उनको भोट कलेक्सन अभियानमा धक्का लागेको छ ।

प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भएपनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको उनले स्पष्ट पारे।

आफूहरुले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रुपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो।

उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए। ती पार्टीहरुसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाई छ।

कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए। त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भएपनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताए।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सो क्षेत्रमा बाटो बिस्तारको काम जारी छ भनिराखेको भएपनि नेपाल सरकार भने चुप लागेर बसेको उनले बताए।
उनले राष्ट्रिय स्वाधिनताको निम्ति सशक्त रुपमा उभिनुपर्ने आवश्यकता औल्याए।

महासचिव वैद्यले आगामी संसदीय निर्वाचनमा आवश्यकता अनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा वहिष्कारको नीति लिइने उल्लेख गरे।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा