शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कमल थापा भए युटर्न, लगातार आलोचना गरिरहेका पूर्वराजाको गरे यसरी प्रशंसा !


  • मंगलबार, पुष २७ २०७८
12.2K
SHARES

तस्विरः फाइल

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले पार्टीको चुनावमा पराजित भएयता पहिलोपटक पूर्वराजा ज्ञानेन्द्रबारे सकारात्मक टिप्पणी गरेका छन् । उनी अध्यक्षमा पराजित भएकोमा पुर्बराजालाई दोष दिँदै आएका थिए ।

पूर्वराजाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकोमा उनले प्रशंसा गरेका छन् ।

पार्टीको कार्यक्रम बहिष्कार गरेर थापा आज छुट्टै सिंहदरबार गेटअघि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका थिए ।

उनीभन्दा अघि राष्ट्रपति विद्यादेवी भण्डारीले र पछि पूर्वराजाले माल्यार्पण गरेका थिए ।

थापाले पृथ्वीजयन्तीका अवसरमा राष्ट्रपतिले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्नु रनेपाली सेनाले सम्मान अर्पण गर्नु प्रशंसनीय रहेको टिप्पणी गरेका छन् । साथै राजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘आमजनताको स्वस्फूर्त सहभागिता उत्साहजनक रह्यो । प्रधानमन्त्रीको अनुपस्थिति ठीक लागेन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा