विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो ।
प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन पानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि अनुरोध गरेको छ ।
पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसको प्रभावलाई मध्यनजर गरेर सरकारले समेत स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइसकेको छ ।
भारतमा दिन दुई गुणा रात चौ गुणा जसरी कोरोनाको सङ्क्रमण दर बढ्दै गए पछि नेपालमा पनि खुला सिमानाका कारण सङ्क्रमण दर बढ्दै गएको छ ।
बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमण दर लाई मध्यनजर गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले मास्क अनिवार्य लगाउनु पर्ने निर्णय गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।