बुधबार, जेष्ठ ११ २०७९
ताजा अपडेट

एमालेको प्रदेश अधिवेशन सर्‍यो


  • KTM Khabar
  • मंगलबार, पुष २७ २०७८
2.9K
SHARES

फाईल तस्बिर

कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन आगामी माघ २८ र २९ का लागि सारिएको जानकारी दिनुभयो । मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।

यता, जिल्ला अधिवेशन सुरु भएको पाँचौ दिनसम्म आइपुग्दा ५२ जिल्लाको नेतृत्व चयन भएको छ । सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्र र प्रदेशबाट तल्लो तहसम्म सर्कलुर जारी गर्दा पनि केही जिल्लाको नेतृत्वमा आँकाक्षीबीच सहमति जुट्न नसक्दा मतदानबाट नेतृत्व चयन भएको हो ।

हालसम्म कपिलवस्तुबाट डम्मर शर्मा, पश्चिम नवलपरासीबाट दिपेन्द्र अधिकारी, ताप्लेजुङबाट भुपेन्द्र थेबे, बागलुङका हिरा केसी र प्युठानका विजयविराज विष्ट निर्वाचनको प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका छन् ।

दैलेख, कास्की, जाजरकोटलगायतका जिल्लामा मतदान भइरहेको र केही जिल्लामा नेताहरु सहमति जुटाउनमै केन्द्रीत बन्दा उद्घाटन भएका बन्दसत्र सुरु भएको छैन । अध्यक्ष सर्वसम्मत भएका केही जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् ।

प्रदेश २ मा सप्तरीबाहेक अन्य ७ जिल्लामा अधिवेशनले गति पाउन सकेको छैन । केही जिल्लामा केन्द्रीय तहका नेताहरुको अघोषित प्रतिस्पर्धाले नेतृत्व चयनमा सकस पर्दै गएको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा