कोरोना सङ्क्रमण बढ्न थालेसँगै सरकारले आगामी माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तर निजी तथा आवासीय विद्यालय संगठन भने सरकारको यो निर्णयप्रति असन्तुष्ट देखिएको छ ।
सरकारले विद्यालय बन्द गरेर १२ वर्षभन्दा माथि उमेर समूहका विद्यार्थीलाई खोप लगाउने तयारी गरेको छ । तर, विद्यालय बन्द गरेरभन्दा पनि सञ्चालन गरेरै खोप अभियानलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्न सकिने विद्यालय संगठनको तर्क छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष ऋतुराज सापकोटाले १२ वर्ष उमेर समूहभन्दा माथिका विद्यार्थीलाई विद्यालय–विद्यालयमै खोप दिने भन्ने तयारी भएको अवस्थामा अचानक सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको बताए ।
विद्यार्थीलाई खोप दिनका लागि विद्यालय सञ्चालन भएको बेला सजिलो हुन्छ कि विद्यालय बन्द गर्दा सजिलो हुन्छ ?,’ सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले रातोपाटीसँग भने, ‘विद्यालय नै बन्द गरेर विद्यार्थीलाई घरमा राख्दा खोप अभियान झन् गाह्रो हुँदैन र ?’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।