राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई सरकारले बेवास्ता गरेजस्तो देखिएको छ । विभिन्न छरिएर रहेका राज्यलाई एउटै राज्य नेपाल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पृथ्वीनारायण शाहको मुलुक निर्माण गर्नुमा महत्त्वपूर्ण भूमिका छ ।
सरकारले बेवास्ता गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले भने पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेकी छन् । सिंहदरवारको मुल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा उनले पुष्पहार चढाएकी हुन् ।
पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक बिदा दिन तथा राष्ट्रिय एकता दिवसका रुपमा मनाउन माग हुँदै आए पनि सरकारले भने ती मागलाई वास्ता गरेन । सरकारी स्तरबाट पृथ्वी जयन्तीका अवसरमा कुनै कार्यक्रम नगरिए पनि राष्ट्रपति भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।
पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नका लागि सर्वसाधारणसमेत पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह पनि आजै सोही स्थानमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।
यसरी राष्ट्र निर्माणमा अतुलनीय भूमिका खेलेका पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई सरकारको तर्फबाट बेवास्ता गर्नुलाई जनताले गुनासो पोखेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।