जनता समाजवादी पार्टी जसपाको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुवै गर्न नहुनेमा जोड दिएका छन् ।
सोमबार ट्विट गर्दै उनले पृथ्वीनारायण ‘इतिहासको आवश्यकता र आकस्मिकताका उपज’ भएको बताएका छन् । “पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौँ ! उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन् ।
कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पुँजीवाद जन्मने हो,” उनले लेखेका छन्, “अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौँ । चुरो कुरो यो हो !”
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।