बुधबार, कार्तिक ५ २०८३
ताजा अपडेट

सरकार चुनावमा जान डरायो : ओली


  • सोमबार, पुष २६ २०७८
11.1K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले त्यसका लागि कुनै तयारी नगरेको बताएका छन् । संखुवासभामा सोमबार एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकार चुनावमा जान डराएको आरोप लगाएका छन् ।

उनले कानून अनुसार स्थानीय तहको निर्वाचन फागुनमा हुनुपर्ने भए पनि त्यो समयमा चुनाव हुने सम्भावना आफूले देखेको जनाए । ‘यो सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने र कर्मचारीबाट चलाउने षड्यन्त्र गर्दैछ,’ उनले भने ।

अध्यक्ष ओलीले सरकार स्थानीय तहको निर्वाचन नगरेर कर्मचारीलाई पहिलेजस्तै स्थानीय तह चलाउन दिन खोजिरहेको दाबी गरे । उनले स्थानीय तहको जिम्मा कर्मचारीलाई दिएर जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्र भइरहेकोसमेत आरोप लगाए । २०५४ पछि २० वर्षमा स्थानीय तह निर्वाचन २०७४ मा भएको स्मरण गर्दै उनले भोट हाल्न लायक पार्टी एमालेमात्रै भएको दाबी गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा