शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

बतासलाई नारायणहिटीको जग्गा मिलेमतोमा ठेक्का लगाइएको छानबिन समितिको निष्कर्ष


  • सोमबार, पुष २६ २०७८
14K
SHARES

फाईल तस्बिर

नारायणहिटी दरबार संग्रहालयको मूल गेटनजिकको जग्गा बतास समूहलाई दिँदा मिलेमतो देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ।

छानबिन समितिले सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाउँदै ठेक्का प्रक्रियामा मिलेमतो देखिएको जनाएको हो।

बतास समूहले मनपरी संरचना बनाएको बाहिरिएपछि मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।

नारायणहिटी दरबार संग्रहालय तथा गणगन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले क्यान्टिन सञ्चालनका लागि क्षेत्रफल र स्थानको सीमांकन नगरी जग्गा ओगट्न दिएको समितिले बताएको छ।

यसरी क्षेत्रफल र स्थानको सीमांकन नगरी जग्गा ओगट्न प्रोत्साहन गरेको देखियो,’ छानबिन समितिका संयोजक लुइँटेलले भने।

विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वस्वीकृति नलिइकन दरबारको सम्पत्ति प्रयोग गर्न दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘स्वीकृति नदिइकन जग्गा प्रयोग गर्न दिँदा सम्पत्तिको संरक्षण र सम्बर्द्धनको लागि अनुगमन नगरेको देखियो,’ लुइँटेलले भने।

१४ रोपनी जग्गामा बतासले संरचना बनाएको देखिएको समितिले जनाएको छ। यस्तै, सोही ठाउँमा रहेको बंकरको पनि दुरूपयोग गरेको समितिको निष्कर्ष छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा