अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा असर पर्ने गरी पुनः निषेधाज्ञा नहुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले कोभिड–१९ को पहिलो र दोस्रो लहरले शिथिल भएर सुधारोन्मुख अवस्थामा रहेको अर्थतन्त्रले अर्को निषेधाज्ञा थेग्न नसक्ने उल्लेख गरेका हुन् ।
उनले यसअघिको जस्तो पूर्ण निषेधाज्ञा सम्भव नभएको भन्दै संक्रमणको अवस्था हेरेर सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए । उनले बजारको तरलता समस्याको समाधान गर्न सरकार लागिरहेको बताउँदै संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गरे ।
कोरोना सङ्क्रमण पछिल्लो समय ह्वात्तै बढे सँगै पुन लकडाउन हुने चर्चा चलेका बखत मन्त्री शर्माको यो अभिव्यक्ति आएको हो । विश्वव्यापी फैलिएको कोरोनाको कहर नेपालमा पनि सङ्क्रमण दर उच्च गतिमा फैलिन सक्ने भन्दै लकडाउन हुन सक्ने आङ्कलन हुन थालेको छ ।
दैनिक जसो कोरोनाको ग्राफ उकालो लागेका कारण आम जनतामा लकडाउनकै अवस्थामा मुलुक पुग्ने हो की भन्ने आशङ्का सृजना भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।