शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना सङ्क्रमण दर बढ्दै गएपछि विद्यालयहरू बन्द गर्ने निर्णय भएको हो । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस पछिल्ला दिनमा नेपालमा पनि बढ्दै गएका कारण विद्यालयहरू बन्द गर्ने अवस्था सिर्जना भएको हो ।
सङ्क्रमण दर फैलिन नदिन विद्यालय बन्द गरेर स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नु पर्ने स्वस्थ मन्त्रालयले भन्दै आएको छ ।
शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बताए ।
उनले भने,‘ सीसीएमसीले गरेको निर्णय अनुसार हुन्छ, त्यसमा थप निर्णय आवश्यक पर्दैन । हामी सूचना जारी गछौँ ।’
आइतवार बसेको सीसीएमसीकाे बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।