आइतबार, माघ ९ २०७८
ताजा अपडेट

साइप्रसमा भेटियो कोरोनाको अर्को नयाँ भेरियन्ट !


  • KTM Khabar
  • आइतबार, पुष २५ २०७८
2.8K
SHARES

फाइल तस्विर

साइप्रसका एक वैज्ञानिकले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको ठानिएको कोभिड-१९ को नयाँ भेरियन्ट पत्ता लगाएका छन् ।

युनिभर्सिटी अफ साइप्रसमा जीव विज्ञानका प्राध्यापक लियोन्डिअस कोस्ट्रिकिसले डेल्टा र ओमिक्रोनको संयोजनबाट बनेको वर्णशंकर (हाइब्रिड) भेरियन्ट पत्ता लगाएका हुन् । शनिबार ब्लूमबर्ग न्युनले लेखेको समाचार अनुसार कोस्ट्रिकिसले नयाँ भेरियन्टको नाम ‘डेल्टाक्रोन’ राखेका छन् ।

डेल्टा भेरियन्टभित्र ओमिक्रोनको जीन अस्तित्वमा रहेका कारण उक्त नाम राखिएको समाचारमा उल्लेख छ । हालसम्म डेल्टाक्रोनका २५ जना संक्रमित फेला परेका छन् ।

तर यो भेरियन्टले थप मानिसलाई संक्रमित गरे वा नगरेको र यसको असरबारे बताउन हतार हुने कोस्ट्रिकिसले प्रस्ट पारे । ‘यो भेरियन्ट व्याप्त भनेपछि मात्रै बढी संक्रामक छ वा छैन भनेर थाहा पाउने छौं’, उनले भने । ओमिक्रोनले नै डेल्टाक्रोनलाई पछि पार्न सक्ने संभावना रहेको पनि उनको भनाइ छ ।

भाइरसको ट्र्याकिङ गर्दै आएको अन्तर्राष्ट्रिय डाटाबेस जीआईएसएआईडीसमक्ष डेल्टाक्रोनसम्बन्धी विवरण पठाइसकिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा