शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मेरो सरकार असफल बनाउन कांग्रेसले कर्मचारीलाई उर्दी जारी गरेको थियो


  • आइतबार, पुष २५ २०७८
12.8K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले कर्मचारीहरुलाई उर्दी जारी गरेको दाबी गरेका छन्।

गृहजिल्ला झापाको चन्द्रगढीमा नेपाल निजामती कर्मचारी संगठनको भवन आइतवार उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी पनि उनले गरेका छन्।

‘तानाशाहीविरुद्ध असहयोग केही समय चल्न सक्छ’, उनले भने, ‘तर लामो समयसम्म कर्मचारीलाई असहयोग गर्नु भन्न मिल्दैन।’

सरकारले कर्मचारीतन्त्रलाई सत्ता अनुकूल प्रयोग गरेकोसमेत अध्यक्ष ओलीले आरोप लगाएका छन्।

ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए)को सम्मेलन रोकेर शेरबहादुर देउवा नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध गएको पनि आरोप लगाएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा