शनिबार, साउन ३० २०८३
ताजा अपडेट

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज


  • आइतबार, पुष २५ २०७८
9.5K
SHARES

फाइल तस्विर

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारको मनोनयन दर्ता गरिएकोमा ४३ जना उम्मेदवारको मनोनयन दर्ता भएको थियो ।

सोही अनुसार आज निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ भने आजै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन सत्ता गठबन्धन पाँच दलले सिट भागबन्डा गरेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै प्रतिस्पर्धा गर्दैछ ।

प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी दर्ता गरेको छ। त्यस्तै प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि उम्मेदवारी दिएको छ । बागमती प्रदेश अन्तर्गत नेपाल मजदुर किसान पार्टीको पनि उम्मेदवारी रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा