प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफूमाथि विश्वास र भरोसा गरेका जनतालाई धोका नदिने बताएका छन् ।
गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडानम्बर २ मा शनिबार आयोजित मिलिजुली मातृशिशु बचत तथा ऋण सहकारीको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सभामुख सापकोटाले आफू प्राणको बाजी लगाउन तयार रहेको तर जनतालाई धोका नदिने बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले भने ‘तपाईंहरूको भोटले आज म सभामुखको जिम्मेवारीमा छु । राज्यका तीन अङ्गमध्ये एक अङ्गको प्रमुख बनाउनुभएको छ। तपाईंहरूको यो विश्वासलाई, ममाथिको भरोसालाई धोका दिने छैन, विश्वासघात गर्ने छैन । जनतालाई धोका दिनुभन्दा पहिला बरु म प्राणको बाजी लगाउन तयार छु । म तर जनतालाई धोका दिने छैन।’
सभामुख सापकोटाले राजनीतिक संकट, कोभिड १९ को संकट र जलवायु परिवर्तनका कारण निम्तिएको संकटका कारण सभामुख भएपछिको दुई वर्षमा भनेजस्तो काम गर्न नपाएको स्वीकार गरे ।
सभामुख सापकोटाले आफ्नै पालामा दुई-दुई पटक संसद विघटन भएर पुनर्स्थापना भएको स्मरण गर्दै राजनीतिक संकट भने क्रमश: सुधारको बाटोमा रहेको दाबी गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।