शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माओवादी नेता शक्ति बस्नेत र सत्या पहाडीलाई पनि कोरोना पुष्टि


  • आइतबार, पुष २५ २०७८
11.5K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना होम हाइसोलेसनमा छन् ।

यसको जानकारी सत्या पहाडी आफैंले सामाजिक सन्जालमार्फत् दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा ।’

माओवादी केन्द्रको आठौं महाधिवेशन सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादीका धेरै नेता-कार्यकर्ताहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल र मातृका यादव संक्रमित छन् । यसैगरी प्रचण्डका स्वकीय सचिव रमेश मल्ल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, वाइसिएल नेताहरू रामप्रसाद सापकोटा ‘दीपशिखा’, सुमन देवकोटा, सुवोध सिर्पाली लगायत पनि संक्रमित भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा