बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

संविधानमाथि पटक पटक आक्रमण भयो : पूर्वराष्ट्रपति यादव


  • शनिबार, पुष २४ २०७८
12K
SHARES

फाईल तस्बिर

पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद, न्यायलयलगायतका क्षेत्रमा देखिएका समस्या समाधानका लािग राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा ‘मार्क्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ नामको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संविधानमाथि पटक पटक आक्रमण भएको र संसद, न्यायलय लगाएतका क्षेत्रमा समस्या देखिएको भन्दै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताए।

उनले दुई पटक संसद बिघटन गरेर संविधानमाथि आक्रमण भएको र पाँच राजनीतिक दल, नागरिक समाज र अदालतले संविधान जोगाएको उल्लेख गरे । उनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई मजबुद बनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेतृत्वमा पुग्नेले सत्ता दुरुपयोग गर्ने प्रवृति अन्त्य नभएसम्म मुलुकको बिकास हुन नसक्ने बताए। निरंकुश नेतृत्वलाई अन्त्य गर्न जनतामा चेतना आवश्यक रहेको उनको भनाइ छ । उनले मुलुकको तीन खम्वे अर्थनीतिलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने धारणा पनि रखे।

चन्द्रदेव जोशीद्वारा लिखित उक्त पुस्तक इन्डिगो इन्क प्रकाशनले बजारमा ल्याएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा